हिंसा पीडितका लागि आवास गृह बनाइने

 असोज १२, २०७५ शुक्रबार ७:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो । 

हिंसामा परेर अदालतसम्म आएका महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायतका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा त्यस्ता पीडितहरुलाई अर्को जिल्लासम्म पुर्‍याउनुपर्ने अवस्था रहेको थियो । हिंसामा परेका बेला मुद्धा दर्ता भएपछि पीडितहरुको सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले खतरा हुने मानिन्छ । 

उनीहरुलाई छुट्टै स्वतन्त्र निकायको मातहतमा राखेर घटनाबारे स्वतन्त्र छानबिन गर्ने बातावरण बनाउने गरिन्छ । त्यसका लागि नगरपालिकाले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया