जब प्रेमिकाकासाथ फेसन विकमा पुगे नेइमार

 असोज १२, २०७५ शुक्रबार ९:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमार प्रेमिका ब्रना मार्कोजीनासँग खेल नभएको अवसर पारेर फेसन विकमा पुगे । पेरीस फेसन विक हेर्न पुगेका नेइमार सबैका आँखाको तारा बने । 

प्रेमिका मोडल ब्रुनासँग फेसन विकमा पुगेका नेइमारले पुरै फेसन कार्यक्रम हेरेर फर्किएका थिए । लिग वनमा रिम्स विरुद्धको खेलमा जित दिलाउन गोल पनि गरेका नेइमारसँगै डेनी एल्भेसपनि संगै पुगेका थिए ।

प्रेमीकाका कारण चर्चामा रहेका नेइमारसँग आयोजकले फोटो खिच्नका लागि अफर गरे पनि अन्तिममा मात्र उनले अवसर दिएका थिए । 

यता एल्भेस चोटका कारण मैदानमा नउत्रीए पनि उनी विभिन्न कार्यक्रममा पुग्दै आएका छन् । श्रीमतीका साथ पुगेका एल्भेस घुडाको चोटका कारण यो सिजन मैदानमा उत्रिएका छैनन् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया