शरीफको भैंसी बेचेर इमरानले कमाए १४ लाख

 असोज १२, २०७५ शुक्रबार ९:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सरकारले प्रधानमन्त्री निवासको आठवटा भैंसी लिलामी गरेर करिब १४ लाख रुपैयाँ जुटाएको छ । यसअघि गएको साता पनि प्रधानमन्त्री निवासमा रहेको कार बेचेर पाकिस्तान सरकारले पैसा जम्मा गरेको थियो । यी भैंसी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको समर्थकहरुले किनेका थिए । 

यो मध्ये एउटा भैसी ३ लाख ८५ हजार रुपैयाँमा काल्ब अलीले खरिद गरेका छन् । अलीले भनेका छन् भावनात्मक कारणले गर्दा १ लाख २० हजार पर्ने भैंसीलाई तीन गुणा पैसा तिरिएको हो । उनले भने ‘मैले यो भैंसी नवाज शरीफ प्रति आफ्नो लगाव भएकाले किनेको हुँ ।’

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको कार्यकालमा अहिले लिलामी भएका कार र भैंसी किनिएको थियो । प्रधानमन्त्री इमरान खानले फजुल खर्च रोक्नका लागि लालामी गरेका हुन् । खान सरकारले अब केही समयमा चारओटा सरकारी हेलिकोप्टर पनि लिलामी गर्ने तयारी गरिरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया