रिंगिट स्थिर, रियाल र दिर्हामको भाउ थोरै घट्दा वनको मूल्य बढ्यो

 असोज १२, २०७५ शुक्रबार १०:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबारको तुलनामा आज रियाल र दिर्हामको भाउ थोरै घटेको छ । रिंगिट स्थिर रहेको छ भने वनको मूल्य बढेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ र बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ४१ पैसा छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ३९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ३० पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ८९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया