स्थानीयबासिन्दाले प्रदर्शन गरेपछि कलंकी–नागढुंगा सडक ठप्प

 असोज १२, २०७५ शुक्रबार १०:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कलंकी हुँदै उपत्यका बाहिर जाने र भित्रने गाडी चल्न सकेका छैनन् । सडक मर्मतको माग गर्दै काठमाडौं ढुंगेअड्डाका बासिन्दा प्रदर्शनमा उत्रिएपछि उपत्यकाबाहिर जाने र भित्रने गाडी चल्न नसकेका हुन् । 

यसकै प्रभावले उपत्यकाको यातायात पनि अस्तव्यस्त भएको छ । उपत्यकामा अहिले कंलकीको जाम बल्खुसम्मै पुगेको छ भने कालिमाटी तर्फ पनि सोल्टीमोडसम्म र गोगंबुतिर सितापाइलासम्म नै जाम भैसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सडक मर्मत नभएका कारण धुलोले बस्न नसकेको भन्दै स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । ढुंगेअड्डाका बासिन्दाले बिग्रिएको सडक मर्मतको प्रतिवद्धता जनाउन ठेकेदार आफैं आउनुपर्ने माग पनि गरेका छन् । तर ठेकेदारले नआउने भनेपछि ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो । 

यसअघि बिहान नागढुंगा नौबिसे सडकखण्डमा पर्ने खत्रीपौवा र कलंकी नागडुंगा सडकखण्डमा पर्ने सतुंगलमा गाडी बिग्रिएपछि काठमाडौंको कलंकीदेखि धादिङको नौबिसे सम्मै जाम भएको थियो । अहिले जाम बढेको छ । सडकमा भएका खाल्डाखुल्डीसँगै गाडी बिग्रंदा यो सडकखण्डमा दिनहुँ लामो जाम  हुन थालेको छ । दसैँको लागि यात्रु भित्रने र बाहिरिने हुँदा गाडी बढ्दै गएको पनि ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया