कार्यवाहक प्रधानमन्त्री पोखरेल र भारतका पेट्रोलियम मन्त्री प्रधानबीच भेटवार्ता

 असोज १२, २०७५ शुक्रबार १३:५१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलसँग भारतका पेट्रोलियम तथा प्राक्रितिक ग्यास मन्त्री देवेन्द्र प्रधानले शिष्टाचार भेट गर्नु भएको छ ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग शुक्रबार बिहान सिंहदरबारमा भारतका पेट्रोलमन्त्री प्रधानले शिष्टाचार भेट गर्नु भएको हो । शिष्टाचार भेटवार्तामा भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी मन्त्री प्रधानले ग्याँस ढुवानीमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको कार्यबहाक प्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो ।

नेपालका लागि भारतीय राजदुत मजिवसिंह पुरीसहितको शिष्टाचार भेटमा भारतीय पेट्रोल मन्त्री प्रधानले हेटौडामा निर्माणाधीन पोलिटेक्निक इन्टिच्यूटको काम सम्पन्न गर्न ढिलाई नहुने जानकारी पनि कार्यबहाक प्रधानमन्त्री पोखरेललाई गराउनु भएको थियो ।

भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको कार्यवाहक प्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया