विवेकशील साझालाई चाहियो ३६ हजार इमान र ढंग भएका व्यक्ति !

 असोज १२, २०७५ शुक्रबार १४:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विवेकशील साझा पार्टीले २०७५ साललाई पार्टीको संगठन विस्तार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

यसै क्रममा पार्टीले भदौ ३० र ३१ गते राष्ट्रिय उत्प्रेरकको भेला गरेको थियो । त्यो भेलाबाटै आउँदो ३ महिना विवेकशील साझाले पार्टीको सम्पूर्ण शक्ति विशेष संगठन विस्तारमा लगाउने उद्धघोष गरेको थियो। 

यसै दौरान असोज ११ गते विवेकशील साझाले काठमाडौं, भक्तपुर अनि ललितपुरका संगठनमा आवद्ध कार्यकर्तालाई संगठन निर्माणको तालिम दिएको छ । 

उद्घाटन सत्रमा बोल्दै पार्टीका संयोजक उज्ज्वल थापाले अब देशमा ३६,१३५ जना इमान भएका अनि ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने भएको कुरा बताउनुभयो ।

कार्यक्रममा पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको समापन गर्दै अब विवेकशील साझा पार्टीले संगठन निर्माण गर्दै आउने निर्वाचनमा विवेकशील साझा निर्विकल्प बनाउन पर्ने कुरा राख्नुभयो । साथै, उहाँले विवेकशील नेतृत्वमा हुन पर्ने गुण बारे समेत पार्टीका नेताहरुलाई बताउनुभएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

7 Comments

  • Sunil thakur

    Oct. 3, 2018, 10:12 a.m.

    राम्रो कार्यकर्ता भेटियोस /

  •  0 Reply
  • Sunil thakur

    Oct. 3, 2018, 10:06 a.m.

    Good job

  •  0 Reply
  • Amit giri

    Sept. 30, 2018, 8:55 p.m.

    Me too interested

  •  0 Reply
  • खडक जोशी

    Sept. 29, 2018, 11:16 p.m.

    सहि कुरा हो। contact me ...9861447491 From Kailali Nepal

  •  0 Reply
  • रमेश फगामी

    Sept. 29, 2018, 10:42 a.m.

    मेरो घर म्यादी जिल्ला बेनी नगरपालिका ६ भारतीय सेना बाट अबकाश प्राप्त हु हाल वैदेशिक रोजगारी को लागी UAE मा छु 43 बर्ष को भये घरमा गयेर आफ्नो गाउसमाज मा सेवा गर्न इच्छुक छु अहिले सम्म कुनै पनि पार्टी आवद्ध छैन येदि हजुर हरुले योग्य सम्झनु हुन्छ भने म इछुक छु +971562583477 069520792

  •  0 Reply
  • जगदीश्वर

    Sept. 29, 2018, 7:17 a.m.

    राम्रो निर्णय । अब जनतालाई लागिसक्यो कि यि पुराना दलहरुबाट देसको बिकास हुदैन । त्यसैले अबको समयमा एउटा बलियो बिकल्प सहित आउनु जरुरी छ

  •  0 Reply
  • Rajan fadera

    Sept. 28, 2018, 7:47 p.m.

    We aspect on this parti.

  •  0 Reply

तपाईको प्रतिक्रिया