एक सुन्दर युवतीले लभ लेटर पठाएकी थिइन्, मैले वास्तै गरिनँ : ऋषि धमला

 असोज १२, २०७५ शुक्रबार १५:४५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आजबाट प्रदर्शनमा आएका तीन चलचित्रहरुमध्येको एक चलचित्र हो  अनुराग । पत्रकार ऋषिधमला को प्रस्तुति  रहेको चलचित्र अनुरागमा धमलाकी पत्नी एलिजा गौतम र समुन्द्र पण्डितले डेब्यू गरेका छन् ।

यो चलचित्र कथावस्तु र पात्रका कारणभन्दा पनि ऋषि धमलाका कारण चर्चामा आएको छ । टेलिभिजन कार्यक्रम धमलाको हमलामा अनेक उट्पट्याङ प्रश्नहरुका कारण उनी विवादमा समेत आउने गरेका छन् । आज हामीले चलचित्र अनुरागकै विषयमा पत्रकार तथा निर्माता ऋषि धमलामाथि नै हमला गरेका छाैँ ।

धमलाजी स्वागत छ तपाईँलाई धमलामाथि हमलामा धन्यवाद छ तपाइँलाई ।

तपाईँको नाम त ऋषिराज धमला रहेछ, तर यसअघि तपाईँले त्यो राज किन लुकाउनुभयो जनता जान्न चाहन्छन् । मैले अनुरागका कारण राज लुकाएको हूँ । एक दिन चलचित्र बनाउँछु अनि राज हाल्छु भन्ने थियो । अनुराग बनाए त्यसपछि राज थपेको हूँ ।

तपाईँ कलाकारदेखि राजनीतिज्ञ सबैलाई यो भएन त्यो भएन भनेर प्रश्न गरिरहनु हुन्छ । अब सबैले तपाईँलाई प्रश्न गर्नेछन्, उत्तर दिन तयार हुनुहुन्छ ?

एकदमै तयार छु, चलचित्र अनुरागका विषयमा सबैले सोधेका प्रश्नहरुको उत्तर दिन तयार छु ।

यो चलचित्र तपाईँ आफैले बनाएको अनि श्रीमतीले अभिनय गरेको हुनाले मात्र ऋषि धमलालाई पन परेको हो भन्छन् नि?

त्यो कुरा गलत हो । म राम्रोलाई राम्रो भन्छु , मैले दर्शककैे आँखाबाट चलचित्र हेरेर नै मन पराएको हूँ  ।

तपाईँलाई त धेरै अगाडिदेखि विभिन्न गालीका वर्षा आउने गर्थे तर तपाईँले त्यसलाई सजिलै पचाउनु भयो । तर अहिले तपाईँकी श्रीमती एलिजालाई गाली गर्ने पनि एउटा जमात छ नि, कस्तो लाग्छ ?

एलिजालाई गाली गर्ने, चाहने, माया गर्ने सबै किसिमका मनिस छन् । गालीको मुख्य कारण चाहिँ मलाई के लाग्छ भने ऋषि धमलाको नाममा एलिजाको रुपको समिश्रण भयो, त्यसैले गाली गर्नेहरु उत्साहित भए ।

मलाई गाली गर्ने भनेको म टाढा हुँदा मात्र हो । जब म सामुन्नेमा पुग्छु, ओ, धमलाजी के छ भन्दै त्यही मानिस बोल्न आउँछ । जो मलाई गाली गर्छ, त्यसैले म यस्तो कुराको पछि लाग्दिनँ ।

तपाईँले त ३८ वर्षको उमेरमा २० वर्षकी केटी विवाह गर्नु भयो । तपाईँ ३८  वर्षसम्म विवाह नगरी कसरी बस्नुभयो ? विवाहअघि कति जनासँग अफेयर थियो ?

एउटा पनि थिएन, तर निकै अगाडिको कुरा हो, एक सुन्दर युवतीले लभ लेटर पठाएकी थिइन्, तर मैले वास्तै गरिनँ । किनकी म हरेक पल काममा ध्यान दिन्थे । हरेक क्षण कामलाई ठूलो ठान्थेँ, त्यसैले त आज ऋषि धमला यो स्थानसम्म आइपुगेको छ 

तपाईँको विचारमा सरकारले विवाह गर्नका निम्ति कम्तीमा २० वर्ष पूरा हुनै पर्ने कानुन बनाएको छ, के यो आवश्यक छ ?

यो अत्यन्तै आवश्यक छ । हाम्रो समाजमा अझै पनि त्यस्ता परिवारहरु छन् जस्ले १२ काट्न नपाउदै विहे गरिदिन्छन् । अझ मधेशी समुदायमा यो विकृति धेरै हुने गरेको छ ।

तपाईँको चलचित्र अनुरागमा नायक र नायिकाको जोडी मिलेन भन्ने टिप्पणी आउने गरेका छन् नि ?

हो त्यो मैले पनि फिल गरेको कुरा हो, तर दर्शकले त्यो कुरा पचाउँछन् किनभने पहिले राजेश हमाल ५० वर्षको हुदा ३० वर्षका नायिकाहरुसँग धेरै अभिनय गरेका थिए । महिला सशक्तिकरणका निम्ती नायिकाभन्दा कम उमेरको नायक पनि हुन सक्छ भन्ने सन्देश पनि मेरो चलचित्रले दिन खोजेको छ ।

तपाईँले धेरै नायिकाहरुलाई सोध्नुभएको प्रश्न हो यो । तपाईँकी श्रीमती एलिजाले चलचित्रमा अभिनय गरिरहँदा निर्देशकसँग सम्बन्ध बढ्ला भन्ने सोच आएन ?

मलाई त्यो सोच आएन, किनभने मानिसले आफ्नो सोचलाई सकारात्मक बनाउन आवश्यक छ । 

अनि यो सब थाहा पाइपाई तपाइले चाहिँ किन सोध्नु भएको त अन्य नायिकाहरुलाई ?

होइन, म त मेरी श्रीमतीलाई पनि सोध्छु, सबैलाई सोध्छु । किनभने उहाँहरु भनेको सेलिब्रिटी हो, उहाँहरुलाई हामीले यस्ता प्रश्न गर्नुपछ ।

तपाईँले चलचित्रमा लगानी गर्नु भएको छ, तर दर्शकले चलचित्र अनुराग मन पराएनन् भने अर्को चलचित्र बनाउने आँट गर्नुहुन्छ ?

म बनाउछु, समयको म्यानेज गर्न सके भने बनाउँछु । 

नेपालको परिवेशमा पत्रकारिता गरेर चलचित्र बनाउन सक्ने अवस्था छ ?

हामीले करिब १ करोड ७५ लाख लगानी गरेका छौँ । तर यसमा मेरो मात्र लगानी छैन, अन्य धेरैको छ । कसैको १० लाख छ त कसैको १५ लाख छ, यसरी नै हामीले चलचित्रको बजेट तयार गरेका छौँ ।

एलिजा गौतमले होम प्रोडक्सनभन्दा बाहेकका चलचित्रहरुमा अभिनय गर्ने अवसर आउँछ ?

आउँछ, किन नआउनु दीपकराज गिरीले बनाउने चलचित्र होस् अथवा अरु कसैले बनाउने चलचित्रमा पनि यदि कथा चित्त बुझेको खण्डमा उनी अभिनयका निम्ती तयार हुनेछिन् । 

हेर्नुहाेस् भिडियाे कुराकानी

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया