डाक्टर केसीले मागे शिक्षा मन्त्री पोखरेलको राजीनामा

 असोज १२, २०७५ शुक्रबार १६:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दाबी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको राजीनामा माग गर्नु भएको हो ।

शुक्रबार महाराजगंजको शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उहाँले प्रधानमन्त्री ओली स्वयम्को पहलमा गरिएको सम्झौता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पु¥याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने दाबी पनि गर्नुभयो ।

वरिष्ठ चिकित्सक केसीले देशमा अपराध र बलात्कारका घटना बढ्दा पनि सरकार मुखदर्शक बनिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले कुशासनको राजको अन्त्य, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरुसँग गरिएको सहमति अनुसार तत्काल पारित नभए बिना जानकारी १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिनुभयो ।

वरिष्ठ चिकित्सक केसीले भ्रष्टाचारमा दोषी ठहर भएका त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थ खनियालाई राष्ट्रपतिबाट मानपदवी दिलाउने काम गरेकोमा आपत्ति जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया