नेपाल–भारत मन्त्रीस्तरीय बैठक सम्पन्न, ग्यास पाइप विस्तार गर्ने समझदारी

 असोज १२, २०७५ शुक्रबार १७:८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल–भारतबीच ग्यास पाइप लाइन विस्तार गर्ने समझदारी भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाइप लाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाउने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच दुवै देशबीच ग्यास पाइप लाइन विस्तार गर्ने समझदारी भएको हो ।

भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास लाइन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिनुभयो ।
भारतका पेटोलियम तथा प्राकृतिक ग्यास मन्त्री प्रधानले ग्यास पाइनलाइन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिनुभयो ।

बैठकमा भारतीय पक्षले नेपालको ग्यास बुलेट ढुवानीका लागि अनुमति दिन ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ । मन्त्रीस्तरीय बैठकले मोतिहारी–अमलेखगंज पेट्रोल पाइप लाइन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निष्कर्ष पनि निकालेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया