रणबिर कपूरकाे आज ३६औं जन्मदिन, यतिञ्जेल कुन-कुन हिराेइनसँग अफेयर चलाए ?

 असोज १२, २०७५ शुक्रबार १७:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणबिर कपूर आज आफ्नोे ३६औं जन्मदिन मनाइरहेका छन् । बलिउडका ह्याण्डसम हिरोको पहिचान बनाउन सफल अभिनेता रणबिर कपूर आफू अभिनित फिल्मका साथै अफेयरहरुका कारण चर्चित छन् । 

बलिउडका अभिनेत्री मात्रै नभई अन्य युवति पनि उनको माया जालमा परिसकेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणदेखि आलिया भट्टको पुस्तासम्मका अभिनेत्रीहरुसँगथ उनको नाम जोडिइसकेको छ । 

 रणबिरकाे जीवनमा अाएका  प्रेमिकाहरु र उनकाे प्रेम सम्बन्ध यस्ता छन् : 

१. अवन्तिका मलिक


अहिले आमिर खानका भान्जा अभिनेता इमरान खानसँग घरजम गरेर बसेकी अवन्तिका मलिक कुनै समय रणबिरको प्रेममा थिइन् । रणबिर र अवन्तिका सँगै पढ्थे । त्यही समयदेखि दुवैले एकअर्कालाई डेट गरिरहेका थिए । 

अवन्तिका त्यस समयमा ‘जस्ट महोब्बत’ नामक सिरियलमा अभिनय गर्थिन् । अवन्तिकालाई भेट्न रणबिर सेटमै पुग्ने गर्थे ।  एक अर्कालाई लामो समयसम्म डेट गरिरहेका दुवैबीच अचानक ब्रेकअप भयो र अवन्तिकाले इमरानसँग विवाह गरिन् ।

२. सोनम कपूर 

रणबिरले सन् २००७ मा फिल्म ‘साँवरिया’ बाट अभिनेत्री सोनम कपूरसँग बलिउडमा डेब्यू गरेका थिए । यही फिल्मको सेटमा अभिनेत्री सोनम कपूरलाई डेट गर्न सुरु गरेका रणबिरको पहिलो फिल्म फ्लप भएपछि उनको सोनमसँगको सम्बन्ध पनि फ्लप भयो ।

३. दीपिका पादुकोण


सोनमसँगको ब्रेकअपपछि रणबिरले फिल्म ‘बच्ना ए हसिनाें’ को सेटमा दीपिका पादुकोणलाई भेटे । त्यसैबेलादेखि दुवै एकअर्काको प्रेममा परे । दुवैले आफू प्रेममा रहेको कुरा खुलेर सबैसामु राखे ।

सार्वजनिक कार्यक्रममासमेत दुवैसँगै उपस्थित हुन्थे । तर यिनीहरुबीचको सम्बन्ध पनि टिकेन । दीपिकाले एउटा अन्तरवार्तामा यस बारेमा प्रष्ट पार्दै भनेकी पनि छिन कि रणबिर कपूरसँग ब्रेकअप हुनुको पछाडिको कारण रणबिरको धोका दिने बानी थियो ।

दीपिकाको सम्बन्धमा रहेरै रणबिर अरुसँग पनि नजिकिएका थिए । 

४. नर्गिस फाखरी 

रणबिर कपूरको सुपरहिट फिल्म मध्यको एक फिल्म हो ‘रक स्टार’ । यस फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री नर्गिस फाखरी थिइन् । यस फिल्मको छायाँकनको क्रममा एकअर्कालाई डेट गरिरहेका दुवैैले फिल्म रिलिज भएपछि ब्रेकअप गरे । 

५. कट्रिना कैफ

फिल्म ‘अजब प्रेम की गजब कहानी’ को छायाँकनको क्रममा रणबिर र कट्रिना एकअर्कासँग नजिकिएका थिए । त्यस समयमा कट्रिना सलमानकी प्रेमिका थिइन् भने रणबिर दीपिकाको प्रेमी थिए । यि दुवैले आफ्नो पुरानो सम्बन्ध त्यागेर एकअर्कालाई डेट गर्न थाले । 

अहिले कट्रिनासँग पनि उनको ब्रेकअप भइसकेको छ । तर त्यसबेला देखि नै सलमानको आँखाको तारो बनेका रणबिर र सलमानबीच अहिलेसम्म पनि बोलचाल छैन । 

६. आलिया भट्ट

अभिनेत्री आलिया भट्ट फिल्ममा आउनुअघिदेखि नै रणबिर कपूरकी फ्यान थिइन् । फिल्म उद्योगमा आइसकेपछि पनि आलिया उनको अन्तरवार्ताहरुमा आफू रणबिरको फ्यान रहेको र उनीसँग विवाह गर्न चाहेको कुरा बताउँदै आएकी थिइन् । 

अन्ततः आलियाको इच्छा पूरा भएरै छाड्यो । आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’ को छायाँकनको क्रममा नजिकिए ।

दुवैका परिवारले समेत यिनीहरुबीचको सम्बन्धलाई स्वीकार गरिसकेका छन् । रणबिरले समेत यस पटक आफू निकै गम्भीर रहेको बताइरहेका छन् भने आलिया पनि आफू छिट्टै विवाह गर्ने र विवाहपछि पनि करियरलाई निरन्तरता दिने बताउँदै आइरहेकी छिन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया