सुर्नयागाड लघु-जलविद्युत सञ्चालन गर्न हुलास स्टील इन्डस्ट्रिजलार्इ अदातलको आदेश

 असोज १२, २०७५ शुक्रबार १७:२७:४४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी– बैतडीमा रहेको सुर्नयागाड लघु जलविद्युत आयोजना पूर्ण रुपमा सञ्चालन गरेर उपभोक्तालाई हस्तान्तरण गर्न जिल्ला अदालत काठमाडौंले हुलास स्टील इन्डस्ट्रिज प्रालिलाई आदेश दिएको छ । 

आयोजना बैतडीको पाटन नगरपालिका वडा नं–७, कैलपालमा रहेको छ ।

सुुर्नयागाड लघु-जलविद्युत आयोजना उपभोक्ता समितिले दायर गरेको मुद्दामा यही असोज ९ गते न्यायाधीश अशोककुमार बस्नेतको इजलासले विद्युत आयोजना पूर्ण रुपमा निर्माण गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई आदेश दिएको हो ।

उपभोक्ता समितिले गएको जेठ १४ गते हुलास स्टील इन्डस्ट्रिजलाई विपक्षी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । 

२०६८ सालमा ९७ किलोवाट क्षमताको सुर्नयागाड लघुजल विद्युत आयोजना निर्माणका लागि हुलास स्टील इण्डस्ट्रिजसँग सम्झौता भएको थियो । 

कम्पनीले २०७२ मा विद्युत उत्पादन गरेर परीक्षणसमेत गरेको थियो । तर परीक्षण गर्दा कमसल खालको टर्बाइन प्रयोग गरेकाले २७ किलोवाट मात्र विद्युत उत्पादन भएको थियो । त्यसपछि उपभोक्ता समितिले बारम्बार निर्माण कम्पनीलाई योजनालाई पूर्णता दिन आग्रह गरेको थियो । 

उपभोक्ताको आग्रह नमानेपछि अदालतमा मुद्दा दायर गरेको सुर्नयागाड लघुजल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । 

आयोजना वैैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र स्थानीयहरुको जनश्रमदान गरी करीब ३ करोड ७९ लाख रुपैयाँमा निर्माण गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया