१० जनाको समूहबाट १९ वर्षीया युवती बलात्कृत

 असोज १२, २०७५ शुक्रबार १९:३९:१६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – खाँडाचक्र नगरपालिका वडा नम्बर –९, की एक १९ वर्षकी युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

असोज १० गते बेलुका धिमाल देवताको मेला हेरेर घर फर्किँदै गर्दा बाटोमा १० जना युवाहरुको समूहले अपशब्द बोल्दै हात समातेर लतार्दै खोल्सामा लगेर पालैपालो बलात्कार गरेको पीडित युवतीको बयान छ । 

युवतीले प्रहरीमा रिर्पोट गर्दै भनेकी छन्, ‘तीन जनाले दुर्व्यवहार गर्दासम्म मलाई थाहा छ । त्यसपछि कतिले के गरे मलाई थाहा छैन, म पुरै बेहोश भइसकेकी थिएँ ।’ 

महिला सेलकी एक प्रहरीले पीडित युवतीसँग लिएको बयान सुन्दा जोकोहीको आँसु झर्छ । पीडित युवतीले आफूलाई बलात्कार गर्ने १० जना विरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले ८ जनालाई घरबाटै प्रक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ । 

प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत निरोज चौलागाईले नयाँ कानुनले जरुरी प्रक्राउ पूर्जी र सामान्य प्रक्राउ पूर्जी गरी दुई वटा प्रक्राउ पूर्जीको अधिकार दिएकाले आफूहरुले लिखित उजुरी नआउँदै अभियुक्तलाई प्रक्राउ गरेको बताउनुभयो । 

असोज ११ गते जाहेरी दर्ता गराएर जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भैरहेको अनुसन्धान अधिकृत चौलागाईले वताउनुभयो । 

आपराधिक घटनालाई पनि लुकाउने प्रयास स्थानीय नेताहरुबाट भैरहेको भन्दै प्रहरी निरीक्षक चौलागाईले आफू कसैको डरधम्की नमानी अनुसन्धानमा लाग्ने बताउनुभयो ।  

सामूहिक बलात्कार गरेको आरोपमा प्रक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका –१०, का १८ वर्षीय सर्जन विक ,२० वर्षीय प्रर्व विक ,१८ वर्षीय गोर्ख विक रहेका छन् । त्यस्तै पक्राउ पर्नेहरुमा खाडाचक्र नगरपालिका –९, का  २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय दिले परिवार २१ वर्षीय सुवाश विक र २० वर्षीय हंस विक रहेका छन् । 

जस्तोसुकै दबाब आए पनि अपराध अनुसारको कारबाही गर्ने आफ्नो दायित्व भएको प्रहरी प्रमुख बिनोद शर्माले बताउनुभयो । 

सामूहिक बलात्कारको कसुर ठहर भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ दफा २१९ अनुसार १५ वर्ष कैद सजाय हुने व्यवस्था छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

2 Comments

  • याता असु

    Sept. 30, 2018, 12:15 p.m.

    आजभोली बलात्कार हत्या जस्ता घटनाहरु बड्दैगा`को छ!एस्लाई भैसकेर कोट कचरी गोलीहान्ने जस्तो कुराहरु नसोंची एसबाट हामी आफैं बचेर सचेत भएर हिंडे सायद केही हदसम्म कम हुन्थ्यो कि? पूलिसलाई दोस दिएर केहिहुन्न उनिहरु भनेकात हाम्रै सुरक्षाका लागीहुन, पुलिस भनेको गाडी हो जस्को स्ट्रीङ्ग माथी ठुला मुख भएका साना मन भएका मान्छे जस्तै देखिने प्राणीको हातमा हुन्छ! अब नेपाल सरकारले यी मानवरुपी दानवहरुकालागी नयाँ कानुन बनाउनु पर्यो फाँसी,

  •  0 Reply
  • Madan marasini

    Sept. 28, 2018, 10:18 p.m.

    15 बर्ष हैन आजिवन कारावास कोच्न पर्छ यस्तालाई त?

  •  0 Reply

तपाईको प्रतिक्रिया