यु-१८ महिला साफ च्याम्पियनिसप : पाकिस्तानको गाेलपाेस्टमा नेपालकाे एक दर्जन गोल

 असोज १२, २०७५ शुक्रबार २१:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

यु-१८ महिला साफ च्याम्पियनिसप फुटबलमा नेपालले पाकिस्तानलाई १२– ० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

नेपालका जितमा रेखा पौडेलले एक्लैले ७ गोल गरेकी छिन् । यसैगरी नेपालले पहिलो हाफमा ६ गोल गरेको थियो भने दोस्रो हाफमा पनि ६ गोल नै थपेको थियो । पहिलो हाफमा ५ गोल गरेकी रेखाले दोस्रो हाफमा थप २ गोल गरेकी थिइन् । नेपालका लागि रेखाको ७ गोलसँगै शरु लिम्बु, अलिसा जाम्बा, मन्जली कुमारी योन्जन, मनिष राउत र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । ५ औं मिनेटबाट गोल गर्न शुरु गरेको नेपालले ९२औं मिनेटमा १२ गोल पुराएको थियो ।

पहिलो हाफको ५औं मिनेटमा ५औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । १७औं मिनेटमा रेखालेनै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेकी थिइन् । १९औं मिनेटमा गोल गर्दै रेखा पौडेलले ह्याट्रिक पुरा गरिन् । ३२ औं मिनेटमा टिमका लागि चौथो गोल गरेकी रेखालैनै ब्यक्तिगत पनि चौथो गोल गरिन् ।

नेपालले ३८औं मिनेटमा पाचौं गोल गर्दा पनि त्यो गोल रेखाकै नाममा रह्यो । सारु लिम्बुले पहिलो हाफको अन्त्यतिर गोल गर्दै नेपाललाई ६–० को अवस्थामा पुर्याएकी थिइन् । दोस्रो हाफमा पनि नेपालले ६ गोल नै गरेको थियो । रश्मिकुमारी घिसिङले ६७ औंँ मिनेटमा टिमका लागि सातौं गोल गरिन् । ७१ औं मिनेटमा रेखाले व्यक्तिगत छैटौं गोल गदै दोहोरो ह्याट्रिक गर्दा नेपालको स्कोर ८–० ले अघि बढेको थियो ।

एकतर्फी जस्तो देखिएको खेलमा रेखा पौडेलले ७४ औं मिनेटमा व्यक्तिगत सातौं गोल पुरा गरेकी थिइन् । यसैगरी अलिसा जिम्बाले ८२औं, मञ्जली कुमारी योञ्जनले ८७ औं तथा मनिषा राउतले ९२ औं मिनेटमा गोल गरेपछि नेपाल १२–० गोल अन्तरले विजयी भयो । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया