सरकारले विपद् जोखिम न्यूनीकरण प्राधिकरण गठन गर्ने

 जेठ २३, २०७५ बुधबार १४:५:५० | उज्यालो सहकर्मी

काठमाडौं, जेठ २३ – गृहमन्त्री रामबहादुर थापाले विपद् जोखिम न्यूनीकरणका लागि कार्यकारी अधिकारसहितको प्राधिकरण गठन गर्ने घोषणा गर्नुभएको छ ।


बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्राधिकरण छिट्टै गठन हुने र त्यसले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नु भयो ।
बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ ।


गृहमन्त्री थापाले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढ्ने योजना पनि अघि सार्नु भयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि ऐन, कानूनमा सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया