ए डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र आर्मी खेल्दै

 असोज १३, २०७५ शनिबार ७:११:४० | उज्यालो सहकर्मी

काठमाडौं – झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल शनिबारदेखि सुरु हुँदैछ ।
 
पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन । २०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन ।
 
शनिबार हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
 
त्यसअघि उद्घाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् ।
 
प्रतियोगिताअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले  लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मी पहिलो पटक लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिए ।
 
यता एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले भने आफ्नो टिममा फिटनेसको समस्या रहेको स्वीकारे । टुँडीखेलको खराब मैदानमा प्रशिक्षण गर्नुपरको र तयारी पनि पर्याप्त नभएको मुल्मीको गुनासो थियो । तर, आर्मीलाई कडा टक्कर दिने विश्वास उनको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया