बायर्न म्युनिख हेर्था बर्लिनसँग हार्‍याे

 असोज १३, २०७५ शनिबार ९:१८:३ | एजेन्सी
unn.prixa.net

जर्मन बुण्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले पहिलो हार ब्यहोरेको छ । 

हेर्थाले बायर्नलाई सिजनको पहिलो हार चखाउन सफल भएको हो । हेर्थाको मैदानमा भएको खेलमा घरेलु टिमले २–० को जित निकाल्यो । खेलको २३औँ मिनेटमा हेर्थाले अग्रता लिएको थियो । भेभाद इबिसेभिचले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । ४४औं मिनेटमा हेर्थाले दोस्रो गोल ग¥यो । यसपटक अन्द्रेज दुदाले गोल गरेका थिए ।

जितसँगै हेर्थाले बायर्नसँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलपछि बायर्न र हेर्था दुवैको १३–१३ अंक भएको छ । तर गोल अन्तरका आधारमा बायर्न शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया