यू– १९ एसिया कप : टस जितेर भारतविरुद्ध नेपालले बलिङ गर्दै

 असोज १३, २०७५ शनिबार ९:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।  

ताजा अवस्थामा भारतले २९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा १५३ रन बनाएको छ ।
 
अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपि एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
 
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
 
गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
 
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।


सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।
 
सन् २०१७ मा भने नेपालले भारतविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएको थियो । त्यस खेलमा नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले ब्याटिङतर्फ ८८ रन र बलिङतर्फ ४ विकेट लिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

6 Comments

  • Rajkumar rai

    Sept. 29, 2018, 1:40 p.m.

    आज पनि नेपालीले पहिलो संस्करणको सम्झना गर्दै खेल बलियो बनाउनु पर्यो , अवस्य जीत हुनेछ , सबै खेलाडीले आत्म निर्भर भएर खेल्नु पर्यो / नेपाल पनि भारत भन्दा कमजोर टीम होइन/ best off luck guys

  •  0 Reply
  • Ganesh

    Sept. 29, 2018, 11:28 a.m.

    जित्नै पर्छ भनेर खेल्ने कहिले ? जितेरै छोड्छु भन्ने उद्देश्य लिएर खेल्नुपर्यो / खेल जिते पनि नजिते पनि राष्ट्रिय खेलाडी भएपछि तलब पाउँछ भनेर बच्चाको जस्तो गर्नुभएन / अब चाहिं जित्ने उद्दिश्य सहित खेल्नुपर्यो /

  •  0 Reply
  • sujan rai

    Sept. 29, 2018, 10:56 a.m.

    यसरी नै हाम्रो नेपालको टीम अगी बढ्दै जाँदै छ , गौरव छ मेरो देश नेपाल /

  •  0 Reply
  • Pushpa Raj Basnet

    Sept. 29, 2018, 10:49 a.m.

    Wanna see victorious nepal over india cause nepal is hat n head of d whole world

  •  0 Reply
  • Umashankar Joshi

    Sept. 29, 2018, 10:41 a.m.

    Very nice ,Nepal

  •  0 Reply
  • Binod dahal

    Sept. 29, 2018, 10:37 a.m.

    Dherai ramero xa live pani dinu paro

  •  0 Reply

तपाईको प्रतिक्रिया