प्रधानमन्त्री ओली भोलि कोस्टा रिका जाने

 असोज १३, २०७५ शनिबार १०:२१:२७ | रासस
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका)का प्रतिनिधिहरूसँग भेट गर्नुभयो । 

प्रधानमन्त्री ओली कोस्टा रिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले कोस्टा रिकाका राष्ट्रपति कार्लोस अलवारादो क्वेसादासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा हुनुहुन्छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया