यू-१९ एसिया कप: ३ अाेभरकाे बीचमा नेपालले लियाे भारतकाे महत्वपूर्ण २ विकेट

 असोज १३, २०७५ शनिबार ११:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले भारतकाे चाैथाे विकेट लिएकाे छ । 

खेलकाे ३७.२ अाेभरमा नेपाली बलर सागर ढकालले भारतका यश राथाेडलार्इ एलबिडब्लु अाउट गराएका हुन् ।

यसअघि, ३५ अाैं अाेभरकाे ५ अाैं बलमा नेपालका रशिद खानले ११३ बलमा १०४ रन बनाएर खेलिरहेका अाक्रामक ब्याट्सम्यान यशस्वी जैसवाललार्इ भीम सार्कीकाे हातबाट क्याच अाउट गराएका थिए ।

नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे ।

नेपाली बलरले लामो समयपछि भारतीय ओपनिङ ब्याट्सम्यानको पार्टनरसिप तोड्न सफल भएका थिए। नेपाली बलर भीम सार्कीले १७ औँ ओभरको अन्तिम बलमा देवदत्त पादिकललाई एलबीडब्ल्यू आउट गराएका हुन् । 

पादिकलले यशश्वी जयशवालसँग मिलेर १०२ बलमा ८३ रनको साझेदारी गरेका थिए । 

ताजा अवस्थामा भारतले ४० ओभरको समाप्तिमा २४० रन बनाएको छ ।

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
 
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
 
गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
 
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया