यू-१९ एसिया कप: भारतले दियाे नेपाललार्इ ३०५ रनकाे लक्ष्य

 असोज १३, २०७५ शनिबार १२:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले ३०५ रनकाे लक्ष्य पाएकाे छ । 

निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे । यसका लागि यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाए ।अाक्रामक खेल खेलिरहेका उनलार्इ ३५ अाैं अाेभरकाे ५ अाैं बलमा नेपालका रसिद खानले भीम सार्कीकाे हातबाट क्याच अाउट गराएका थिए ।

त्यसैगरी विष्फाेटक ब्याटिङ गरेका प्राभ सिमरन सि‌हले ६१ बलमा ८२ रन बनाएका थिए ।

बलिङतर्फ भीम सार्कीले ७ अाेभर बलिङ गर्दै ४२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी रसिद खानले ८ अाेभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट हात पारे ।कमल सि‌ह एेरी, सन्दिप झाेरा र सागर ढकालले समान १-१ विकेट लिए ।

नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे ।

यसअघि, नेपाली बलरले लामो समयपछि भारतीय ओपनिङ ब्याट्सम्यानको पार्टनरसिप तोड्न सफल भएका थिए। नेपाली बलर भीम सार्कीले १७ औँ ओभरको अन्तिम बलमा देवदत्त पादिकललाई एलबीडब्ल्यू आउट गराएका थिए। 

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।
 
नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ ।
 
गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
 
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया