यू–१९ एसिया कप: भीम सार्की एक्लैले लिए भारतको चार विकेट

 असोज १३, २०७५ शनिबार १२:५९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई ३०५ रनको विजयी लक्ष्य दिएको छ ।

भारतका लागि यशश्वी जयसवालले सर्वाधिक १०४ रन बनाए । त्यस्तै प्राभ सिमरन सिंहले विस्फोटक ब्याटिङ गर्दै ६१ बलमा ८२ रन बनाए । नेपालका लागि भीम सार्कीले चार विकेट लिए । ७ ओभर बलिङ गरेका उनले ४२ रन दिँदै चार विकेट लिएका हुन् ।

त्यस्तै रसिद खानले आठ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । त्यस्तै कमलसिंह ऐरी, सागर ढकाल र सन्दीप जोराले एक–एक विकेट लिए ।  
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया