सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
दाङ - दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरुमा राप्ती गाउँपालिका ४ मौरीघाटका शिव चौधरीकी ३० वर्षीया छोरी श्यामाकुमारी चौधरी, ३५ वर्षीया बुहारी निनाकुमारी चौधरी र १२ वर्षीया नातिनी रोजिना चौधरी छन् ।
उनीहरु सबैको घटनास्थलमा ज्यान गएको हो । बिहान ९ बजे माटो लिन निस्केका उनीहरुको शव स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।