सुकर्म संगीत समूह युरोपमा

 जेठ २३, २०७५ बुधबार १४:३५:४३ | उज्यालो सहकर्मी

सुकर्म संगीत समूह आफ्नो सांगीतिक यात्रा लिएर यतिबेला युरोप यात्रामा पुगेको छ । नेपालका पुराना र आधुनिक संगीतको समिश्रण बोकेर युरोप यात्रामा निस्केको यो समूहको उदेश्य नेपालको संगीतलाई युरोपमा चिनाइरहेकाे छ । 

यो समूह जुन महिनाभर युरोप यात्रामा रहनेछ । सुकर्म संगीत समूहले जुन महिनाको दुई र तीन तारिखका दिन फ्रान्सको राजधानी पेरिसमा आयोजित नेपाल फेस्टिभलमा आफ्नो प्रस्तुति देखाइसकेको छ । पेरिसपछि जर्मनीका विभिन्न शहर हुँदै यो समूह स्विट्जरल्यान्ड पुग्दैछ । जुलाइ महिनाको शुरुमा यो समूह नेपाल फर्केनछ ।

सुकर्मका संगीत समूहका सितारवादक ध्रुवेशचन्द्र रेग्मीका अनुसार यो पटकको यात्रा जर्मनीकेन्द्रित रहेको छ । ‘जर्मनीमा मात्रै १३ दिनमा हामीले १४ वटा कन्सर्टमा भाग लिदैछौँ',  उहाँले भन्नुभयो । 

यो समूहमा यो पटक तबलामा मनोज गौतम र बाँसुरीमा उमेश पण्डित रहनुभएको छ ।

नेपाल र अरु देशका लागि काम गरिरहेका विभिन्न मानवीय संसंस्थाहरुको सहयोग र निमन्त्रणामा उहाँहरु युरोप जानुभएको हो । 

  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया