तौलिहवा अस्पतालमा रेबिजको भ्याक्सिन अभाव

 असोज १३, २०७५ शनिबार १६:२८:१८ | गोपाल भण्डारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कपिलवस्तु – जिल्ला अस्पताल तौलिहवामा रेबिज रोगविरुद्धको इन्जेक्सन (भ्याक्सिन) अभाव भएको छ । रेबिजको इन्जेक्सन अभाव हुँदा सर्वसाधारण बिरामीहरुलाई समस्या भएको छ । 

गएको केही महिना यता रेबिजको इन्जेक्सन अभाव भएको जिल्ला अस्पताल तौलिहवाले जनाएको छ । सरकारले निशुःल्क वितरण गर्ने औषधि मध्ये रेबिजको इन्जेक्सन पनि एक हो । अस्पतालमा रेबिजको इन्जेक्सन अभाव भएपछि सर्वसाधारण बिरामीहरुले महंङ्गो दरमा रेबिजको इन्जेक्सन निजी औषधि पसलबाट खरिद गर्न बाध्य भएका छन् । 

विशेष गरी कुकुरको टोकाईबाट रेबिज रोग लाग्दछ । तर यस बाहेक बिरालो, स्याल, बाँदर, ब्वाँसो, फ्याउरोलगायतका अन्य मांसहारी जनावरले टोक्दा पनि रेबिज रोग लाग्ने सम्भावना रहेका जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुररिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयो । बाँदर र मुसाको टोकाईबाट भने यो रोग बिरलै सरेको पाइएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया