यू-१९ एसिया कप: नेपालले भारतकाे ३०५ रनकाे लक्ष्य भेट्न सकेन,१७१ रनले पराजित

 असोज १३, २०७५ शनिबार १७:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले १७१ रनले पराजित भएकाे छ । 

निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे । ३०५ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेकाे नेपालले ३६.५ अाेभरमा १३३ रन बनाउँदै अल अाउट भएपछि १७१ रनकाे विशाल अन्तरकाे हार बेहाेरेकाे हाे ।

१३३ रन बनाउने क्रममा कप्तान अाशिफ शेखले २५, राेहित पाैडेलले २४ तथा सन्दीप झाेराले २० रन बनाए । त्यस्तै रबिन्द्र ज‌ंगले १६ र रबि कुमार शाहले ११ रनकाे बनाए भने बाँकी खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

नेपाललार्इ १३३ रनमा राेक्ने क्रममा भारतका सिद्धार्थ देसार्इ र हर्ष त्यागीले समान ३-३ विकेट लिएका थिए । 

नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे ।

अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।

गएकाे संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो ।
 
सन् २००० मा भएको यू–१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया