इन्डोनेसियामा भूकम्पका कारण झण्डै चार सयको मृत्यु

 असोज १३, २०७५ शनिबार १७:५६:१९ | रासस

इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण ज्यान जानेको संख्या झण्डै चार सय पुगेको छ । 

सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परि ज्यान जानेको सङ्ख्या ३८० पुगिसकेको त्यहाँका अधिकारीले जनाएका छन् । मृत्यु हुनेको संख्या बढिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सयौँ जनाको अस्पताल उपचार भइरहेको छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ । 

उनीहरु सबैको पालुमा ज्यान गएको बताएका छन् । सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् । 

यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छ भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् । 


शक्तिशाली पराकम्पनले त्यस सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७।५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आएपछि शक्तिशाली सुनामीले पनि आएको हो । 

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको छन् । केही समय अगाडि पनि इन्डोनेसियाका भूकम्प आएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया