साउनदेखि तलब नपाएको कर्मचारीहरुको गुनासो

 असोज १३, २०७५ शनिबार १९:१६:५१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – दसैँ आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

प्रदेश मातहत आएका कार्यालयहरुबाट तलब पाउन नसकेको कर्मचारीहरुले बताएका छन् । गएको साउनदेखि अहिलेसम्म तलब नपाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

साविकको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले तलब पाउन नसकेको उहाँले बताउनुभयो । तलबकै विषयमा बुझ्न आफू धनगढी पुगेको र अहिले तलब निकासा हुने छाँटकाँट नदेखिएको उहाँको भनाई थियो ।

दसैँको मुखमा तलब नपाउने चिन्तामा रहेको कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताउनुभयो । यस्तै प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले पनि गएको साउनदेखि तलब नपाएको त्यस कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालयका कर्मचारीहरुले पनि साउनदेखि तलब नपाएको डिभिजन वन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । चाडपर्वको समय नजिक आए पनि तलब पाउने छाँटकाँट नदेखिएपछि कर्मचारीहरु चिन्तित बनेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • बालकृष्ण गुरुङ

    Sept. 30, 2018, 7:39 a.m.

    म पर्सा जिल्लामा कार्यरत स्वास्थ्यकर्मी हु।म कार्यरत जगरनाथपुर गा.पा. अन्तरगतका कुनै पनि सरकारी कर्मचारीले पनि श्रावण देखि तलब पाउने छाटकाट छैन ।यसपालिको दशैमा घर पनि ऋण गरेरै जानुपर्ने अवस्था अाउछ जस्तो छ।

  •  0 Reply
  • Dinesh singh

    Sept. 30, 2018, 6:40 a.m.

    यो बैतडीको समस्या नभएर , देशभरको समस्या हो सर ! म सप्तरीमा बस्ने सानो पद हेल्थ एसिस्टेन्टमा काम गर्ने कर्मचारी हुँ/ यहाँ पनि तेस्तै समस्या छ / बितेको साउनदेखि अहिले सम्म पनि तलब नखाएर काम गरिराखेका छौं / पहिले झन स्वास्थ्य कार्यालय (DHO) ले समय मै तलवको व्यवस्था गर्थ्यो , तर अहिले आएर नगरपालिकाले ३/४ महिनामा तलव दिने गरेको छ / नयाँ नेपाल, नयाँ देश भनेको यही हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया