आदिआवादी महिला भलिबल शनिबारदेखि सुरु

 असोज १३, २०७५ शनिबार १९:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आदिआवादी महिला भलिबल (एभीएल) शनिबारदेखि सुरु भएको छ ।

नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म संचालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव  केशबकुमार विष्टले उद्घाटन गर्नुभएकाे थियाे ।

उद्घाटन खेलमा चितवन टाइग्रेस र विभागीय क्लब त्रिभुवन आर्मी भिडेका थिए । जसमा चितवन टाइग्रेसले  आर्मीलाई ३–० को सेटमा पराजित गरेको थियो ।

अमेरिकी खेलाडीसहित कोर्टमा उत्रिएको चितवन टाइग्रेसले आर्मीलाई पहिलो सेटमा  २५–२१ ले पाखा लगाएको थियो । यसैगरी दोस्रो र तेस्रो सेट २५–१३ र २५–२२ ले  चितवन विजयी भएको थियो ।

लिगकम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । न्यू डायमण्ड, चितवन टाइग्रेस र आर्मी एक समूहमा छन् भने एपीएफ, पुलिस र पोखरा पिङ्केज अर्को समूहमा रहेका छन् ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्नेछ । त्यस्तै दोश्रो स्थान हासिल गर्नेले ३ लाख र तेश्रोले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया