इंग्लिस   प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

 असोज १३, २०७५ शनिबार २१:४७:३० | एजेन्सी
unn.prixa.net

इंग्लिस  प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । 

शनिबार राति भएको खेलमा ब्राइटनलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकामा १९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । 

१८ अंक भएको लिभरपुल दोस्रो स्थानमा छ ।  सिटीको जितमा रहिम स्र्टलिङ र सर्जियो अगुरोले एकएक गोल गरेका थिए । २९ औैं मिनेटमा रहिम स्र्टलिङले लोरियो सानेको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १ गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गरेको थियो । ६५ औं मिनेटमा सर्जियो अगुरोले स्र्टलिङको पासमा गोल गर्दै सिटीलाई स्पष्ट ३ अंक दिलाएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया