इंग्लिस प्रिमियर लिग : एभर्टन, टाेटनह्याम र लेस्टरकाे जित

 असोज १४, २०७५ आइतबार ६:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा एभर्टनले फुलह्यामलाई ३–०ले पराजित गरेको छ ।

शनिबार रातिको खेलमा फुलह्यामलाई पराजित गर्दा जी शिगरसनले २ तथा सेंक टसनले एक गोल गरेका थिए ।

यस्तै टोटनह्यामले हडल्सफिल्डलाई २–० ले पाखा लगाएको थियो । टोटनह्यामका लागि दुवै गोल ह्यारि केनले गरेका हुन् । दोस्रो गोल पेनाल्टी मार्फत गरेका थिए ।

अर्को खेलमा लेस्टर सिटीले न्यू क्यासलमाथि २–० को जित निकालेको छ । पहिलो गोल जिमी भर्डिले पेनाल्टीमार्फत गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । यसैगरी ७३औं मिनेटमा ह्यारी मागुरोले दोस्रो गोल गरेका थिए ।

उल्भर ह्याम्पटनले साउथ ह्याम्पटनमाथि पनि २–० कै जित निकालेको छ । उल्भरका लागि ७९ औं मिनेटमा इभान काभ्लेरो तथा ८७ औं मिनेटमा जोनी क्यास्ट्रोले एक एक गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया