ला लिगा : बराबरीमा राेकिए बार्सिलाेना र रियल मड्रिड

 असोज १४, २०७५ आइतबार ७:४४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बर्सिलोना र दोस्रो स्थानको रियल मड्रिड आ आफ्नो खेलमा बराबरीमा रोकिएका छन् । पछिल्लो साता दुवै टिम पराजित भएका थिए भने यस हप्ता दुवै टिमले बरबारी खेलेका हुन् ।

बार्सिलोनाले एथलेटिकसँग १–१ गोलको बराबरी खेलेको हो । एथलेटिकका ओस्कर डि मार्कोसले गोल गर्दै ४१ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा १ गोल फर्काउँदै बराबरी गर्न सफल भएको हो ।

बार्सिलोनका लागि लियोनल मेस्सीको पासमा ८४ औं मिनेटमा मुनिरले गोल गर्दै बार्सिलोनाको सम्भावित हार टारेका थिए । बराबरीसँग १४ अंक सहित शीर्ष स्थानमा रहँदा एथलेटिक क्लब भने ७ अंक सहित १४औं स्थानमा छ ।

उता दोस्रो स्थानको रियल मड्रिड पनि एथलेटिको मड्रिडसँग गोल रहित बराबरीमा रोकिँदै तालिकमा एक अंक थप गरेको छ । समान १४ अंक भए पनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा रहेको हो । रियलसँग बराबरीमा रोकिएको एथलेटिको मड्रिड १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।

शनिबार रातिनै ला लिगा अन्तर्गतका खेलमा भ्यालेन्सियाले रियल सोसिडाड माथि १–० को जित निकालेको छ । ३६औं मिनेटमा केभिन जेमिरोले गरेको गोलनै भ्यालेन्सियाका लागि स्पष्ट ३ अंक जोड्न पर्याप्त भयो । जितसँगै भ्यालेन्सिया ८ अंक जोड्दै १२ स्थानमा आइपुगेको छ । 

तेस्रो स्थानको सेभिल्लाले आईबरलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ । सेभिल्लाको जितमा आन्ड्रे सिल्भाले ४७औं, इभर बेनिजाले ५९औं तथा ९४औं मिनेटमा गोल गरेका थिए । खेल सकिन केही समय बाँकी रहेका बेला आईबरका लागि जोन जोर्डनले सान्त्वना गोल फर्काएका थिए । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया