पीएसजीको जित, नेइमारको २ गोल, सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा

 असोज १४, २०७५ आइतबार ८:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्राजिलियन स्टार नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वनको लिडर पेरिस सेन्ट जर्मेनले नाइसलाई पराजित गरेको छ । 

नाइसको मैदानमा भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा खेलेको नाइसमाथि ३–० को जित निकाल्यो । जितसँगै पीएसजीले लिग वन तालिकामा नौ अंकको अग्रता लिएको छ । 

आठ खेलमा शतप्रतिशत जित निकाल्दै पीएसजीले तालिकामा २४ अंक बनाएको छ । २२औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सो अग्रता कायम राखेको पीएसजीले दोस्रो हाफको पहिलो मिनेटमा नै अग्रता दोब्बर बनायो । 

यसपटक क्रिष्टोफर एनकुंकुले गोल गरेका थिए । ५९औं मिनेटमा वालन साइप्रेन दोहोरो पहेँलो कार्डका कारण मैदानबाट बाहिरिएपछि नाइस १० खेलाडी सिमित बन्यो । त्यसपछि थप कमजोर बनेको नाइसमाथि नेयमारले इन्ज्युरी समयमा गोल गरे ।

यो दुई गोलसँगै नेयमारले फ्रेन्च लिग वनमा सात गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचिको शीर्ष स्थानमा उक्लिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया