खुकुरी प्रहारबाट ५५ वर्षीया महिलाको हत्या

 असोज १४, २०७५ आइतबार १२:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षीया मनमाया तामाङको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा यही ठाउँका २१ वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण भने खुलेको छैन । शुक्रबार हत्या भएपछि शनिबार प्रहरीेले अभियुक्तलाई पक्राउ गरेको हो ।

अभियुक्त वाइबालाई मेलम्ची इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया