ट्रम्पले भने उत्तर कोरियाका नेता किम र मेरो ‘लभ' पर्‍याे

 असोज १४, २०७५ आइतबार १६:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो र उत्तर कोरियाका नेता किम जोन उनको ‘लभ’ परेको बताएका छन् ।

ट्रम्पले आफूले किम जोङ उनबाट ‘बिउटिफुल लेटर’ प्राप्त गरेको बताएका छन् । पश्चिम भर्जिनियामा रिपब्लिक पार्टीको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले किम जोन उनले आफूलाई सुन्दर पत्र ‘विउटिफुल लेटर’ पठाएको र आफू र किमको प्रेम ‘लभ’ परेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले सोमबार संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाका नेता किमको प्रशंसा समेत गरेका छन् । ट्रम्पले आफूले गएको बुधबार उत्तर कोरियाका नेता किमबाट असाधारण प्रकारको पत्र प्राप्त गरेको उल्लेख गरेका छन् । उनले आफू र उत्तर कोरियाका नेता किम जोन उनबीच दोस्रो सम्मेलन हुनेमा आफू पूर्ण आशावादी रहेको बताएका छन् । पत्रमा के छ भन्ने उल्लेख गरिएको छैन् ।

गएको १२ महिना पहिले ट्रम्पले संयुक्त राष्ट्रसंघबाट सम्बोधन गर्दै उत्तर कोरियालाई ‘पूर्ण ध्वस्त’ पार्ने चेतावनी दिएका थिए । उनले किमलाई ध्वस्त पार्ने चेतावनी दिँदै ‘रकेट म्यान’को संज्ञा दिएका थिए । त्यसको जवाफमा किमले ट्रम्पलाई ‘मानसिक सन्तुलन नभएको’ भन्दै आलोचना गरेका थिए ।

गएको जुनमा सिंगापुरमा सम्मेलन भएपछि किम र ट्रम्पबीचको सम्बन्ध सुधारिँदै गएको छ । उत्तर कोरियाले आणविक कार्यक्रमको अन्त्य गर्ने घोषणा गरिसकेको छ । 

गएको शनिबार उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो ले संयुक्त राष्ट्रसंघमा बोल्दै अमेरिकाले उत्तर कोरियामा नाकाबन्दी बढाउँदै गए आणविक कार्यक्रमको अन्त्य नहुने चेतावनी दिएका थिए  ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया