पप्पुले सिक्टामा समेत गर्‍याे बदमासी

 असोज १४, २०७५ आइतबार १६:५६:१५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा फोरलेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै अन्तिम भुक्तानी नपाएको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिंचाई आयोजनामा समेत बदमासी गरेको छ । 

काम सम्पन्न गर्नुपर्ने अवधी आउँदो असोज २४ गते सम्पन्न हुँदैछ । अहिलेसम्म झण्डै ७ प्रतिशत मात्रै काम भएको सिक्टा सिंचाई आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशबहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्झौता अनुसार ९८ करोड ८१ लाख १८ हजार रुपैयाँको लागत रहेकोमा पप्पुले आठ करोड रुपैयाँ परिचालन खर्च पाइसकेको छ ।  जम्मा लगानीमा साउदी कोषको लगानी ४५ प्रतिशत रहेको छ । 

सिक्टा सिंचाई आयोजनाले छिटो निर्माण गर्न भनेर यसअघि दुईपटक सार्वजनिक सूचना समेत जारी गरिसकेको छ, । प्रगति सन्तोषजनक नभए पनि सिंचाई विभागसँग राय माग गरिएको छ । 

पप्पु कन्स्ट्रक्सनले  चटारदेखि गनापुरसम्म नहर फराकिलो बनाउने र मन्नापुरसम्म लाइनिङ्गको काम गरेको छ ।  डुडुवा नहर डुडुवादेखि हिरमिनियाको बेहा नालासम्म २३.२ किलोमिटर लामो निर्माण गर्नुपर्ने हुन्छ ।  

यस नहरमा डुडुवाको ३ क्यूएफएक्स र सिक्टाको १५.५ क्यूएफएक्स पानी ल्याउने योजना रहेको छ । सिक्टा सिंचाई आयोजनाको पश्चिम नहरबाट ३३ हजार ७६६ हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य राखिएकोमा डुडुवा नहरबाट मात्रै झण्डै आधा जमिनमा सिंचाई पुर्‍याउनुपर्ने भए पनि पप्पुले शाखा नहर निर्माणमा लापरबाही गरेका कारण सिंचाई सुविधाका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्ने भन्दै किसानहरु च्न्तिित भएका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया