कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
बाँके – नेपालगञ्जमा १३ वर्षअघि एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्या भएको घटनामा संलग्न मुख्य योजनाकार पक्राउ परेका छन् ।
लामो अनुसन्धानपछि प्रहरीले घटनामा नजिककै आफन्तको संलग्नता रहेको सार्वजनिक गरेको छ । प्रहरीले हत्याकाण्डका मुख्य अभियुक्तका रुपमा उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भइ लखनउ सीतापुर प्रियदर्शनी कलोनीमा बस्दै आएका ६४ वर्षका किशोरीलाल सोनीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
शनिबार भारतीय सीमा नजिकको जमूनाहबाट पक्राउ गरिएका सोनीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । १३ वर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षका गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४५ वर्षका सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो । सोनी दीपकका आफ्नै ससुरा हुन् ।
हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दीपककी पत्नीको नाममा गएको थियो । हेमकार परिवारको नाममा भएको सम्पत्ति पत्नीको नाममा स्थानान्तरण भएपछि सस्तो मूल्यमा बिक्रि भएको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले हत्याकाण्डमा अन्य व्यक्तिहरु समेत अनुसन्धानको दायरामा रहेको जानकारी दिनुभयो ।