बलात्कारको आरोपमा कंगना रनावतका हेयर स्टाइलिस्ट सेटबाटै गिरफ्तार

 असोज १४, २०७५ आइतबार १९:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री कंगना रनावतका हेयर स्टाइलिस्ट एलिस्टर ब्रेन्डन डी गीलाई गिरफ्तार गरिएको छ । 

खबरहरुका अनुसार ४२ वर्षीय ब्रेन्डनमाथि १६ वर्षीय नाबालकलाई बलात्कार गरेको आरोप लागेको छ । यसै आरोपमा उजरी परेपछि प्रहरीले कार्बाहीका लागि सेटमै गएर उनलाई गिरफ्तार गरेको हो । उनलाई कंगनाको अब आउने फिल्मको सेटबाट गिरफ्तार गरिएको छ । 

प्रहरीका अनुसार ती पीडित बालकले आफूलाई १८ वर्षको य्ुवाको रुपमा एक डेटीङ्ग एपमा रजिस्टर गराएका थिए । साथै त्यस एपमार्फत आफुसँग सम्बन्ध राख्न आमन्त्रण गरेका थिए । 

त्यही एपमार्फत ब्रेन्डनले ती युवकलाई भेटेर शारीरिक सम्बन्ध राखेका थिए । 

ती युवककी आमाले आफ्ना छोरामाथी बलात्कार गरेको भन्दै प्रहरीमा रिपोर्ट गरेकी थिइन् । 

अहिले ब्रेन्डन प्रहरी हिरासतमा छन् । ब्रेन्डन एलिस्टर डी गी बलिउडडमा निकै चर्चित हेयर स्टाइलिष्ट मध्यका एक हुन् । दक्षिण अफ्रिका निवासी ब्रेन्डन १० वर्षदेखि बलिउड फिल्म जगतमा सक्रिय छन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया