वित्तीय विवरण अब इन्टरनेटबाट

 असोज १४, २०७५ आइतबार १९:११:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वसाधरणले अबदेखि बैक तथा वित्तीय संस्थाको ऋण प्रवाह, निक्षेप संकलन लगायत आर्थिक गतिविधि इन्टरनेटबाट हेर्न सक्ने भएका छन् ।

देशभरका सम्पूर्ण वित्तीय संस्थाको आर्थिक गतिविधिको पहुँच सर्वसाधरण समक्ष पुर्याउनुको साथै वित्तीय संस्थाको नियमन र अनुगमन प्रभावकारी बनाउने उद्देश्य साथ केन्द्रीय बैकले नेपाल वित्तिय समावेशीकरण पोर्टल (Nepal Financial Inclusion Portal) ल्याएको हो ।

आइतबार विशेष समारोहका बीच राष्ट्रबैकले यो एप सार्वजनिक गरेको हो । यसबाट केन्द्रीय बैकलाई पनि देशभरका वित्तीय संस्थाको आर्थिक कारोबार, शाखा रहित बैंक तथा वित्तीय संस्थाको कारोबारको अनुगमन गर्न पनि सजिलो हुने छ ।

एप सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले एपले सर्वसधारण सबैमा आर्थिक पहुँच वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पोर्टलमा वित्तीय क्षेत्रको आर्थिक कारोबार र स्थिति सम्बन्धी सम्पूर्ण जानकारी हुने भएकाले वित्तीय सेवा प्रदायक, साझेदार र सरोकारवाला निकाय तथा नीति निर्माताहरुका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

पोर्टल सार्वजनिक हुँदा आफू अत्यन्तै खुशी भएको भन्दै उहाँले एप निर्माणमा सहयोग पुर्याउने सबै निकायलाई धन्यवाद दिनुभयो । गर्भनर नेपालले केन्द्रमा मात्रै नभई प्रदेश र स्थानीय तहमा पनि वित्तीय सेवा विस्तार गर्दै प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया