बलात्कारकाे अाराेप लागेका राेनाल्डाेले भने – 'गलत समाचारले असर पार्दैन'

 असोज १५, २०७५ सोमबार ६:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरीकी महिलाले आफूमाथि लगाएकाे बलात्कारकाे आरोपलाई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गलत समाचार भएको प्रतिक्रिया दिएका छन् । 

सन् २००९ मा अमेरीकी महिलालाई रोनाल्डोले बलात्कार गरेको र सो केसलाई लुकाउन मोटो रकम दिएको भन्दै जर्मन पत्रिकाले समाचार छापेपछि उनको चौतर्फि आलोचना भएको थियो ।

तर सो विषयमा बोल्दै रोनाल्डो इन्टाग्राममा भनेका छन्, उनीहरुले मेरो नाम जोडेर आफूलाई प्रचार गर्न चाहेका छन् जुन मेरा लागि सामान्य रहेको र यो समाचारमा कुनै सत्यता नभएको प्रतिक्रिया दिए ।

३३ वर्षे रोनाल्डोले अमेरीकाको लस भेगासको एक होटलमा ती महिलालाई बलात्कार गरेको र २०१० मा ती महिलाले स्थानीय पुलिसमा रिपोर्ट गर्दा कोर्टको आदेशमा रोनाल्डोले तीन लाख ७५ हजार अमेरीकी डलर तिरेर कहिले पनि यो कुरा बाहिर ननिकाल्न सर्त राखेको बताइएको छ ।

रोनाल्डोका वकिलले पनि उनलाई अहिले आएर बदनाम गर्न खोजिएको बताएका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया