सप्तरीमा सर्पको टोकाइबाट पीडित हुनेहरुको संख्या बढ्यो

 असोज १५, २०७५ सोमबार ८:४०:१७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – बढ्दो गर्मीका कारण सप्तरी जिल्लामा सर्पको टोकाइबाट पीडित हुनेहरुको संख्यामा वृद्धि भएको छ ।

गएको वैशाखदेखि अहिलेसम्म राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा मात्रै सर्पदंशबाट सिकिस्त उपचार गराउन आउनेहरुको संख्या ५ सय ३७ पुगेको छ । अस्पतालको आकस्मिक शाखा इञ्चार्ज धनेश्वर साहका अनुसार वैशाखमा ३७ जना, जेठमा ९१ जना, असारमा १ सय ४२ जना, साउनमा १ सय ४० जना, भदौमा ९१ जना र असोजमा ३६ जना सर्पको टोकाइबाट विरामी भएर सेवा लिन आएका छन् ।

अस्पताल भर्ना भएकाहरुमध्ये ७ जनालाई गोमन, करेँतलगायत विषालु सर्पले टोकेको इञ्चार्ज साहले जानकारी दिनुभयो । सर्पले टोके लगत्तै अस्पताल भर्ना भएकाहरुको उपचार गरी सकुशल घर पठाएको जानकारी दिँदै उहाँले भन्नुभयो ‘समयमै अस्पताल आएकाहरुलाई हामीले बँचाएका छाैँ, तर धेरै विलम्ब गरी अन्तिम अवस्थामा ल्याइएका पीडितहरुलाई जोगाउन गाह्रो हुन्छ ।’

अहिले अस्पतालमा सर्पको टोकाई विरुद्ध दिइने एन्टिस्नेक भेनम इन्जेक्सन पर्याप्त मात्रामा रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा बिरामीको संख्या बढेपछि भुईंमै बसेर विरामीको उपचार गराउन  बाध्य छन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया