राष्ट्रपति ट्रम्पकी सल्लाहकार भन्छिन् ‘म पनि यौन आक्रमणबाट पीडित छु’

 असोज १५, २०७५ सोमबार ८:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार केलियाने कानवेले किशोरअवस्थामा आफू पनि यौन उत्पीडनमा परेको बताएकी छिन् ।  

सीएनएनसँग कुरोकानीमा उनले भनेकी छिन् ‘म पनि यौन आक्रमण पीडित छु ।’ ५१ वर्षीय कानवेले यसअघि कांग्रेसका एक सदस्यले यौन उत्पीडन गरेको बताएकी थिइन् । 

कानवेले यो टिप्पणी राष्ट्रपति ट्रम्प र सर्वोच्चका लागि नामांकित भएकी न्यायाधीश बे्रट क्याभेनफमाथि किशोरावस्थामा यौन उत्पीडन गरेको आरोपको बचाउका लागि गरेकी हुन् ।

उनले भनेकी छिन् ‘म यौन आक्रमणको शिकार महिलाको पीडा बुझ्छु’ । 

क्याभेनफको नाम पुष्टि गर्नका लागि अमेरिकी सिनेटमा हुने मतदानलाई एक साताका लागि सारिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया