रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य थोरै घटबढ

 असोज १५, २०७५ सोमबार १०:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४२ र बिक्रिदर १० रुपैयाँ ४७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया