लक्ष्मी बैंकले दियाे पशुपतिनाथ क्षेत्रलाई विद्युतीय सफा टेम्पो

 असोज १५, २०७५ सोमबार ११:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – लक्ष्मी बैंकले सोमबार पशुपतिनाथ परिसरमा बृद्ध तथा अशक्त भक्तजनहरुको आवत – जावतका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र सञ्चालन हुनेछ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गर्नुभएको छ ।

लक्ष्मी बैंकले ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १ सय ७ एटिएम, ५१ शाखारहित बैंकिङ एजेन्ट तथा २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सेवा दिइरहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया