‘अनुराग’ हेर्न पूर्वप्रधानमन्त्री खनाल पनि

 असोज १५, २०७५ सोमबार १२:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

पत्रकार ऋषिधमलाको प्रस्तुती रहेको चलचित्र अनुराग यति बेला प्रदर्शनमा छ । चलचित्र अनुरागलाई सँगै आएका २ चलचित्रहरुको तुलनामा केही विशेष रुपले हेरिएको छ । यसका कारण हुन पत्रकार ऋषि धमला । उनी विभिन्न कारणले चर्चामाआइरहने व्यक्तित्व हुन् । यति बेला एक पटक उनी फेरि चर्चामा छन् । 

उनकी धर्म पत्नी एलिजा गौतमले अभिनय गरेको चलचित्र अनुराग यति बेला प्रदर्शनमा छ । पत्रकार ऋषि धमलाले आफूलाई अब चलचित्रका निर्माताका रुपमा समेत उभ्याएका छन् । उनी चलचित्र सफल बनाउन आएका दर्शकलाई प्रोत्साहन दिन खटिएका छन् । 

चलचित्र अनुराग हेर्नका लागि एक एक दर्शकलाई अनुरोध गरिरहेका छन् । हिजो शनिवार हामी काठमाडौंको कुमारी सिनेमा हलमा पुग्यौँ । निर्माता ऋषि धमला हलमा भेटिए । उनी टिकट घर अघि उभिएका थिए । जब दर्शक टिकट काट्नका निम्ति आउँथे उनी २ हात जोरेर नमस्कार गर्थे अनि चलचित्र अनुराग हेर्न अनुरोध गर्थे । 

घरबाट अर्कै चलचित्र हेर्ने मनस्थिति बनाएर आएका दर्शकलाईसमेत चलचित्र अनुरागको टिकट कटाइरहेका थिए । चलचित्र हेर्न आएका धेरै दर्शक उनलाई नै नियाली रहेका थिए । कतिपयले उनको यो व्यवहारलाई हाँसोका रुपमा उडाइरहेका थिए । जसले जसरी सोचुन तर उनले प्रस्तुत गरेका दृष्यहरुले चलचित्र हेर्न आएका दर्शकलाई चलचित्रभवनमा पस्न अघि राम्रै मनोरञ्जन भएको थियो । 

हुन त ऋषि धमला विभिन्न राजनितिज्ञ हरुसँग राम्रै लिंक भएका पत्रकारका रुपमा चिनिन्छन् । त्यसैले पनि होला चलचित्र अनुराग हेर्नका निम्ति पूर्व प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीसमेत हलसम्म आएका थिए । 

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपशभामुख डा शिवमाया तुम्वाहांफे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालगायतका राजनितिज्ञले चलचित्र हेरेर सकारात्मक टिप्पणी दिएका थिए ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया