टि–२० विश्वकप छनोट : पहिलो चरण पार गर्ने कप्तान पारसको लक्ष्य

 असोज १५, २०७५ सोमबार १२:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगितामा समूहको विजेता बन्दै दोस्रो चरणमा स्थान बनाउने लक्ष्य नेपालले लिएको छ । एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता खेल्नका लागि मलेसिया जानु अघि राष्ट्रिय टिमका कप्तान पारस खड्काले उपक्षेत्रीय च्याम्पियन बन्ने लक्ष्य रहेको कप्तान खड्को भनाई छ ।

पछिल्लो समय नेपालमा हुँदै गरेका टि–२० को माहोलले गर्दा मलेसियामा नेपाललाई केही सहज हुने पारस खड्काको भनाई छ । ‘करिव २–३ वर्षपछि टि–२० मा फर्किँदैछौं,’ कप्तान खड्काले भने ।

‘यो पहिलो चरणको प्रतियोगिता हो । राम्रो क्रिकेट खेल्नैपर्छ । ओडीआई राष्ट्र भएपछि जिम्मेवारी र समर्थकको अपेक्षा पनि पनि धेरै छ ।’ ‘यो राउण्डमा त्यती गाह्रो नहोला । तर पनि हाम्रो लक्ष्य भनेको समूहको विजेता भएर दोस्रो चरणमा जाने हो,’ कप्तान खड्काले भने ।

प्रतियोगितामा सहभागि अन्य टिमभन्दा नेपालको स्तर माथि छ । तर पनि प्रशिक्षक जगत टमाटा कुनै पनि टिम बलियो रहेकाले आफ्नो स्तरको खेल खेल्ने बताउँछन् । प्रशिक्षक टमाटाले भने, ‘राम्रो तयारी गरेका छौं । केही समयको प्रशिक्षण स्किलमा केन्द्रित थियौं । टिम राम्रो छ र मनोबल पनि उच्च छ ।’

नेपाली टोलीमा प्रदीप ऐरीले पुनरागमन गरेका छन् । चोटका कारण प्रदीप सन् २०१५ पछि पहिलोपटक टिममा परेका हुन् । यस्तै शरद भेषावकर पनि केही समयको अनुपस्थितीपछि टिममा फर्किएका छन् । प्रदिप र शरदको पुनरागमनले टिमको प्रदर्शन राम्रो हुने विश्वास कप्तान खड्का र प्रशिक्षक टमाटा दुबैको छ ।

‘शरदसँग निकै राम्रो अनुभव छ । उनी भरपर्दा खेलाडी हुन् । प्रदीपले घरेलु क्रिकेटमा राम्रो खेल्दै आएको छ र उसका लागि टि–२० फम्र्याट सुहाउँछ ।’ प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड छन् ।

नेपालले पहिलो खेलमा म्यानमारसंग बिहिबार खेल्नेछ भने दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो प्रतिद्वन्दी थाइल्याण्ड रहेको छ ।

प्रतियोगिताबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटमा युएइ कतारले स्थान बनाइसकेका छन । एसिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन ।

अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया