बनेपा नगरपालिकाले सडक मिचेर बनाएका घर भत्कायो

 असोज १५, २०७५ सोमबार १४:१३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – सडक विभाग र बनेपा नगरपालिकाले अरनिको राजमार्गको सीमानाभित्र बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ ।

सोमबार काभ्रेको सीमाना सुरु हुने साँगाबाट अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सुरु गरेको हो । सामानसहितका घर टहरा भत्काउन थालेपछि स्थानीयले विरोध गर्न थालेपछि केहीबेर साँगामा झडप समेत भएको थियो । स्थानीयले बिरोध गरेपछि २ घण्टा सामान सार्न समय दिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।

भत्काउने अभियानमा ठूलो संख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ । अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ ७५ फिट सीमानाभित्र रहेका घर टहरा हटाउने निर्णय यसअघि नै गरेको थियो ।

घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । तर त्यो बाहेक भने ८२ फिटको सीमाना तोकिएको छ ।  
स्थानीयले भने सर्वोच्चले गरेको फैसला अनुसार पहिले क्षतिपूर्ति पाउनुपर्ने र तिहारसम्म नभत्काउन आग्रह गरेका थिए । उनीहरुले मुआब्जा आउनेबित्तिकै घरटहरा भत्काउन सहयोग गर्ने बताउनुभयो ।

स्थानीय राजेन्द्र श्रेष्ठले क्षतिपूर्ति पाएपछि तथा दसैं तिहार मनाएपछि भत्काउन माग गर्नुभयो । ‘सामानहरु सारेकै छैन्, भन्ने वित्तिकै कसरी हुन्छ, क्षतिपूर्ति दिनुस्, अनि भत्काउनुस्’, स्थानीय बाबुकृष्ण श्रेष्ठले भन्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया