दोहोरो कर लिए प्रतिकार गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई कार्यबहाक प्रधानमन्त्री पोखरेलको आह्वान

 असोज १५, २०७५ सोमबार १४:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धी अराजकता फैंल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर  लिए त्यसविरुद्ध  प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नुभयो । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिनुभयो ।

उहाँले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पार्नुभयो । कार्यबहाक प्रधानमन्त्री पोखरेलले करसम्बन्धी सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गर्नु भएको थियो । उहाँले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको पनि स्पष्ट पार्नुभयो ।

महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया