सञ्चिताको गुनगुन कार्तिक ३० मा अाउने

 असोज १५, २०७५ सोमबार १४:३४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चलचित्र गुनगुन कार्तिक ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने पक्का भएको छ । 

चलचित्र युनिटले एउटा कार्यक्रम गरेर रिलिज डेट घोषणाका साथै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरेको छ । 

चलचित्र पुकार भट्टराईको निर्देशनमा तयार पारिएको हो । चलचित्र क्षेत्रमा लामो समय बिताए पनि पुकारले चलचित्र गुनगुनबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
चलचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई नै समेट्ने प्रयास गरिएको निर्देशक भट्टराइको भनाई थियो । 

चलचित्र गुनगुनमा नायिका सञ्चिता लुईंटेल, सुवास मेचे, नविन श्रेष्ठ, रविन प्रताप सेन, देशभक्त खनाल, राधा दाहाल लगायत निर्देशक भट्टराइको समेत मुख्यअभिनय देख्न सकिन्छ । 

चलचित्रमाहिमाल केसीको द्धन्द र सौरभ लामाको छायाँकनमा निर्माण भएको चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका हुन् । 

चलचित्र प्रार्थना फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया