‘राधा २’ मा प्रियंकाको जोडी आयुष्मान !

 असोज १५, २०७५ सोमबार १५:१९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – पछिल्लो समय नायिका प्रियंका कार्की र उनका हुनेवाला श्रीमान अर्थात नायक आयुष्मान देशराज जोशी बेला बेलामा चर्चामा आउने गरेका छन् ।

उनीहरुको टिकोटालो भइसकेको छ । विवाह भने अर्को वर्ष अर्थात २०७६ मा हुने बताइएको छ । यी दुवैले अभिनय गरेको चलचित्र ‘कथा काठमाडौं’ यतिबेला प्रदर्शनमा छ । चलचित्रमा दुवैले अभिनय गरेको भए पनि उनीहरुको जोडी भने अर्कै छन् । 

चलचित्रमा अभिनेता प्रमोद अग्रहरीसँग दिएको बोल्ड सिनले प्रियंकाले विभिन्न आरोप प्रत्यारोपहरुको सामना गर्नु परेको थियो । यो जोडीले चलचित्र चंगा चेटमा पनि सँगै काम गरेको छ ।

यसैबीच प्रियंका र आयुष्मानको जोडीलाई चलचित्र ‘राधा २’ मा पनि देखिने पक्का भएको छ । अभिनेत्री प्रियंकाले चलचित्र ‘राधा २’ का निम्ति पहिले नै लिखित सम्झौता गरिसकेकी थिइन् । तर आयुष्मानलाई भने पछि अनुबन्धित गरिएको बुझिएको छ । उनीसँग पनि लिखित सम्झौता नै भइसकेको बताइएको छ । 

चलचित्र ‘राधा २’ को निर्देशन योगेश घिमिरेले गर्ने बुझिएको छ । ‘सुरुवातमा अन्य अभिनेताको खोजी नगरेको हैन तर यस रोल आयुष्मानलाई नै सुट गर्ने भएकाले उनीलाई नै लिइएको हो’, निर्देशक घिमिरेको भनेका छन् ।

म्युजिकल लभ स्टोरीको शैलीमा निर्माण हुन लागेको चलचित्र ‘राधा २’ राधाकै सिक्वेलका रुपमा बनाउन लागिएको हो । यसअघिको चलचित्र राधामा अभिनेता जीवन लुइटेल र संचित लुइटेलले रोमान्स गरेका थिए । चलचित्रको छायंकन कार्तिक ८ गतेबाट सुरु गर्ने तयारी भइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया